Bihani Saberai lyrics
by Bikki Gurung
[Chorus: Bikki Gurung]
बिहानी सबेरै घामको किरण संगै
चल्छ जिन्दगीको भाग दौड
कोहि अगाडी छन त कोहि पछाडि हेर
तर सबैको केहि न केहि लक्ष्य हुन्छ
[Verse 1: Yodda]
म पनि लक्ष्य पछाडी परिराछु
यसलाई हासिल गर्न निम्ति पर्ने छैन जादु
आफ्नै कला क्षमता परिश्रमलाई राखेर काबु
मेरो एउटा मात्र गन्तब्य सफलताको टापु
रगत पसिना र आँसु बगाउनि चिनी राख बाबु
यो हात साथीको लागी सलाम दुश्मनको लागी घातु
तर पिडा खपीराछु परिश्रमलाई सम्झेर
सफलता नआउदो रैछ घरमा पाहुना बनेर
सत्यता सपना हो सब सभ्यता
सत्यताले देखाओटीहरुको मन झस्केला
तर सत्यता जब हत्केला चल्दैन
यस्ता समस्या अल्छी गर्नेहरुमा पर्दैन
केहि पाउनलाई केहि गुमाउनु नि पर्छ
संगीत लेर यहाँ सम्म आउन निकै हुन्छ खर्च
म हृदय देखि आदर गर्छु सबैको संघर्स
तर घृणा लेर नातर्कि बिना अर्थ सन्धर्भ
हरेक बा आमालाई सोध
हरेक बा आमालाई सोध
उहाँको चाहनालाई सोध (चाहनालाई सोध )
हाम्रो इच्छा पुरा गर्नुका निमित्त
सोचौ उहाँहरुले गर्नु भएको सम्झोता
[Chorus: Bikki Gurung]
बिहानी सबेरै घामको किरण संगै
चल्छ जिन्दगीको भाग दौड
कोहि अगाडी छन त कोहि पछाडि हेर
तर सबैको केहि न केहि लक्ष्य हुन्छ
[Verse 2: Yodda]
सबैको बाहाना विभिन्न चाहाना
संघर्स नगरे केहि हुन्न पुरा
भन्ने ले के गर्ला गर्नेलाई के भन्नु
यहि नै हो साथी यहि नै हो सत्रु
कसलाई दोस दिनु कसलाई नदिनु
आखिरमा त बाटो आफैले हो रोज्नु
तेसैले समयलाई आफ्नो मुठीमा राख
कुनै पनि क्षणलाई हेर खेर नफाल
बिहानीको किरण जस्तै चम्किलो छ हरेक दिन
उज्यालो छ जिन्दगानी हरेक घडी हरेक क्षण
[Chorus: Bikki Gurung]
बिहानी सबेरै घामको किरण संगै
चल्छ जिन्दगीको भाग दौड
कोहि अगाडी छन त कोहि पछाडि हेर
तर सबैको केहि न केहि लक्ष्य हुन्छ
[Bridge: Yodda]
भबिस्य वर्तमानले बताउछ
अल्छि पन अपमान लेर आउछ
अँबिसण गर्न मस्तीस्कमा क्या धेरै ठाउँ छ
जुन ठाउँमा तिम्रो लागी भगवानले सझाउछ
तेसैले तिमि जाऊ अघि जाऊ
अपनाउ सबै ठाउँ
जता छैन तिम्रो नाउ
परिस्श्रम गरि हेर
पुराना अतित सम्झेर
हामी तेतिकै उठ्दैनउ
सधै बिहानि सबेर
[Chorus: Bikki Gurung]
बिहानी सबेरै घामको किरण संगै
चल्छ जिन्दगीको भाग दौड
कोहि अगाडी छन त कोहि पछाडि हेर
तर सबैको केहि न केहि लक्ष्य हुन्छ