Mero Desh lyrics
by Nepathya
[Verse 1]
एउटा देउराली थियो
पसिनाको पाती चढाउने
एउटा चौतारी थियो
थाकेको मन बिसाउने
एउटा सानो बस्ती थियो
सुख-दु:ख बाँड्दै मिलेर बस्ने
अचेल उनीहरु मरेको न बाँचेको
आँखाले हेरिरहेछन्
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
[Verse 2]
एउटा सानो आकाश थियो
आफ्ना जुनताराहरु सजाउने
अलिकति बतास थियो
जीवन भएर छातीहरुमा रहने
एउटा सानो फूल थियो
दु:खका बेला पनि हाँस्न सिकाउने
अचेल उनीहरु तुहुराका आँखाले
हेरिरहेछन्
[Outro]
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश