Kuraakaani lyrics

by

Sajjan Raj Vaidya


[Verse 1]
हेर्दा हेर्दै नसरेरै बगी गए म
तिम्रो सोचाई, तिम्रो बोलाईको तरङ्गमा
बगाएर लग्यौ मलाई, म तैरिएर आइदिए
तिम्रो नजरमा बेरिदै, परेलीमा म अल्झिए

[Verse 2]
घाम ढल्की साँझ फेरी फर्की आएछ
मेरो मन चाहि तिमीसँगै उडि गएछ
उडाएर लग्यौ मलाई, म शुल्किएरै आइदिए
तिम्रै लागि बने कि खै ?
म तिमी मै आई टुङ्गिए

[Verse 3]
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरिको मन तिम्रो
नक्षत्र नै अटाउने
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरिको मन तिम्रो
नक्षत्र नै अटाउने
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net