Ek Sarvanaam lyrics

by

Sajjan Raj Vaidya


[Verse 1]
मनका कुरा एक बाजी सुन्न 
एक सर्वनाम लिऔउ तिमी र म   
हामी बनि हामी अनि बिताउला
जिन्दगी सँगै सधैँ भरि 
माया छ त अरुको के पिर 
बोलाउ मलाई आउँछु तिम्रै तिर 
तिम्रो नाउ मनै मा बोकेर 
हेर हेर हेर हेर

[Chorus]
म त आउँछु मायालु 
तिमीलाई नै खोजेर 
तिम्रो मनको ठेगाना 
मेरो मनलाई सोधेर 

[Verse 2]
भन त भन्न नलजाई माया 
ओठमा अडेका कुरा सबै 
तिम्रो हातले कोरेको कहानी 
कुदेर राखुँला मेरो मनमै 
आँटी हेर साटी हेर मन 
यसै उसै जसो तसो म त
तिम्रो नाउ मनैमा बोकेर  
हेर हेर हेर हेर
[Chorus]
म त आउँछु मायालु 
तिमीलाई नै खोजेर 
तिम्रो मनको ठेगाना 
मेरो मनलाई सोधेर 

[Bridge]
यस्तरी किन झुम्छ जिन्दगी मेरो 
यस्तरी किन झुम्छ जिन्दगी मेरो 

[Outro]
माया नाचन मलाई राख्न तिम्रो अँगालोमा बाधेर 
दायाँ बायाँ झुमौन माया एकैछिन ओठ साटेर 
माया नाचन मलाई राख्न तिम्रो अँगालोमा बाधेर 
दायाँ बायाँ झुमौन माया एकैछिन ओठ साटेर
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net