Asha Nirasha lyrics
by Albatross
[Verse 1]
के खोज्यौ तिमीले यहाँ? के आशा राखेछौ फेरि?
यी दु:ख सुख सबै हुन, संसारका रिती
समयले सम्झाउला तिमीलाई केही इतिहासका कुरा
तर तिमी सम्झिनु र बुझ्नु
[Chorus]
यी आशा, निराशा, सबैका समस्या, हुदैन सजीलै केही
तिमी बुझ, सोच, अँगाल, नियाल, उत्तरदायी धेरै
के होला, नहोला, त्यही बहानामा नअल्झी राख तिमी
यी आशा, निराशा, सबैका रहस्य, खुल्दैन कहीले पनि
[Verse 2]
हेर्दै छन् हरेक पाइला, नियाली अनुभवी आँखा
पाएछौ केनै फेरि, नयाँ नौलो सोच राखि?
खोताल्लान समयले फेरी, ती अतीतका कुरा