Preyasi Ka Yaad Haru lyrics

by

Narayan Gopal


[Verse 1]
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु

[Verse 2]
जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु

[Verse 3]
सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै
वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
प्रियसीका याद हरु
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net