Malai Chhodi Mero Maya lyrics

by

Narayan Gopal



मलाई छोडी मेरो छायाँ कतै झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु
तातो माया संगालेर खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै ढलेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै ज्योति झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net