Pokhiera Ghaam Ko Jhulka lyrics

by

Narayan Gopal



पोखिएर घामको झुल्का
भरि संघारमा
तिम्रो जिन्दगीको ढोका
खोलूँ खोलूँ लाग्छ है
खोलूँ खोलूँ लाग्छ है

सयपत्री फूल सितै
फक्री आँगनमा
बतासको भाका टिपी
बोलूँ बोलूँ लाग्छ है
बोलूँ बोलूँ लाग्छ है

कतिकति आँखाहरु बाटो
छेक्न आउँछन
कतिकति आँखाहरु बाटो
छेक्न आउँछन
परेलीमा बास माग्न
कति आँखा धाउँछन्

यति धेरै मानिसका
यति धेरै आँखाहरु
मलाइ भने तिम्रै आँखा
रोजूँ रोजूँ लाग्छ है
रोजूँ रोजूँ लाग्छ है

उडूँ उडूँ लाग्छ किन
प्वाँख कैले पलायो
उडूँ उडूँ लाग्छ किन
प्वाँख कैले पलायो
मनको शान्त तलाउको
पानी कसले चलायो
आफैलाई थाहा छैन
कसलाइ थाहा होला
त्यसैले त तिमी सित
सोधूँ सोधूँ लाग्छ है
सोधूँ सोधूँ लाग्छ है

पोखिएर घामको झुल्का
भरि संघारमा
तिम्रो जिन्दगीको ढोका
खोलूँ खोलूँ लाग्छ है
खोलूँ खोलूँ लाग्छ है
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net