Jhareko Paatjhain lyrics

by

Narayan Gopal


झरेको पात झैँ भयो उजाड
मेरो जिन्दगी
निभेको दिप झैँ भयो
उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड
मेरो जिन्दगी

चुरा फुटेसरी भयो
चराहरु उडीगए
चुरा फुटेसरी भयो
चराहरु उडीगए
हजार कोपिलाहरु
नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो
प्रवास मेरो जिन्दगी

विहान जो खुशी थियो
जलेर साँझ भैसक्यो
विहान जो खुशी थियो
जलेर साँझ भैसक्यो
भिजेको पात पातमा
निशादको कथा थियो
अधेँरी रात झैँ भयो
विषाद मेरो जिन्दगी

जलिरहेछ लास भित्र
भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र
भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ
अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ
मेरो जिन्दगी
निभेको दिप झैँ भयो
उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड
मेरो जिन्दगी
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net