Chautarima lyrics

by

Aruna Lama


[Chorus]
चौतारीमा बसेर रुन पाउँ
मनको पिर आँसुले धुन पाउँ
गौँथलीको के घर, के गाउँ
दुखियाको के थर, के नाउँ

[Verse 1]
पीपलले पालुवा फेर्यो, पुरानो भो वर
कर्मले ठगेपछी, बिरानो भो घर
पीपलले पालुवा फेर्यो, पुरानो भो वर
कर्मले ठगेपछी, बिरानो भो घर

[Verse 2]
दिनदशा वरवर हो
दिनदशा वरवर, संगीसाथी पर
न्याउलीको भाका सुन्ने, कल्लाई खाँचो छ र
चौतारीमा

[Verse 3]
बाँचु कति दोधारको, यस्तै जिन्दगानी
मनभरी आगो लिई, आँखाभरी पानी
बाँचु कति दोधारको, यस्तै जिन्दगानी
मनभरी आगो लिई, आँखाभरी पानी

[Verse 4]
पराईले मन भाँचे हो
पराईले मन भाँचे, आफन्तले जोड्ने
आफन्त नै वैरी परे, कस्लाई गुहार भन्ने
[Chorus]
चौतारीमा बसेर रुन पाउँ
मनको पिर आँसुले धुन पाउँ
गौँथलीको के घर के गाउँ
दुखियाको के थर, के नाउँ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net