Udi Jaun Bhane lyrics

by

Aruna Lama


[Intro]
आहै हो
उडि जाउँ भने म पंक्षी होइन
बस्नु ए लै मन छैन

[Verse 1]
उडि जाउँ भने म पंक्षी होइन
बस्नु ए लै मन छैन
खसमको मोहनी लागेर होकि
होस मेरो ए लै यहाँ छैन

[Verse 2]
फूलैफूल बिच पनि मन मेरो फूल्दैन
फूलैफूल बिच पनि मन मेरो फूल्दैन
लाखौं तारा के गर्नु मैले
त्यहाँ मेरो जून छैन

[Verse 3]
विरहको आगो निभाउन खोज्छु
आँशुले ए लै निभ्दैन
खोलाको पानी, सिन्दुरे तिर्खा
मेटाउन ए लै सक्दैन

[Verse 4]
पिरतीको सियो छैन
चित्त फाट्दा सिउँ भने
पिरतीको सियो छैन
चित्त फाट्दा सिउँ भने
चोट पनि मिठो लाग्छ
मायालुले दियो भने
[Verse 5]
टाढा छ खसम, यो गित मेरो
सुन्छ कि ए लै सुन्दैन
बन्दकि मुटु उकास्न फेरि
आउँछ कि ए लै आउँदैन

[Outro]
उडि जाउँ भने म पंक्षी होइन
बस्नु ए लै हम् हम् हम्
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net