Arule Haneko lyrics

by

Aruna Lama


[Chorus]
अरुले हानेको ढुंगाले भन्दा
आफन्तको फूलले
जिन्दगी बढि दुख्दो रहेछ
सानो देखिने भुलले
अरुले हानेको ढुंगाले भन्दा

[Verse 1]
टेकेको दैलो मेरो भएन
आफ्ने भन्नु केहि भएन
टेकेको दैलो मेरो भएन
आफ्ने भन्नु केहि भएन
रङ बदल्ने यो हुलमा
रङ बदल्ने यो हुलमा
तिमी पनि त मेरो भएनौ

[Chorus]
अरुले घोचेँको काँडाले भन्दा
आफन्तको फूलले
जिन्दगी बढि बिझ्दो रहेछ
सानो देखिने भुलले
अरुले हानेको ढुंगाले भन्दा

[Verse 2]
मेरै हो भन्न गाह्रो भएछ
आफ्नै उड्ने प्वाँख पनि
मेरै हो भन्न गाह्रो भएछ
आफ्नै उड्ने प्वाँख पनि
मोल माग्ने भैसकेछ
मोल माग्ने भैसकेछ
सिर बिसाउने काख पनि
[Chorus]
अरुले छ्यापेको हिलोले भन्दा
आफन्तको फूलले
जिन्दगी बढि भिज्दो रहेछ
सानो देखिने भुलले
अरुले हानेको ढुंगाले भन्दा
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net