Yo Man Mero lyrics

by

Aruna Lama


[Intro]
आ आ आ
आ... ओ आ

[Chorus]
यो मन मेरो केके केके भन्छ
चरि झैँ उडुँ भन्छ, फूलझैँ झुमु भन्छ
बनपाखा पखेरीमा
बनपाखा पखेरीमा छमछमाइ मित मनको खोजुँ भन्छ

[Verse 1]
भाग्यमा छ भने हतार केलाई, ए कान्छी
भाग्यमा छ भने हतार केलाई, ए कान्छी

[Verse 2]
मुटु भित्र कता कता आज केको मात लाग्यो
आफ्नै रुप रंग देखि आफैँलाई लाज लाग्यो
मुटु भित्र कता कता आज केको मात लाग्यो
आफ्नै रुप रंग देखि आफैँलाई लाज लाग्यो

[Verse 3]
यौवनको खहरेमा भित्रभित्रै डुबुँ भन्छ
सधैँभरि अजम्बरी
सधैँभरि अजम्बरी फूल जस्तै फूलुँ भन्छ

[Verse 4]
संहाल जोवन, उडिजाला है
संहाल जोवन, उडिजाला है
[Verse 5]
आधारमा ईन्द्रेणीको सातै रंग परे जस्तो
बाह्रै महिना वसन्तले हरियाली छरे जस्तो
आधारमा ईन्द्रेणीको सातै रंग परे जस्तो
बाह्रै महिना वसन्तले हरियाली छरे जस्तो

[Verse 6]
मन मेरो तेसै तेसै खहरेझैँ बगुँ भन्छ
यौवनको बतासले
यौवनको बतासले जतासुकै लगुँ भन्छ

[Verse 7]
होसगरि भमरा, निष्ठुरी है
होसगरि भमरा, निष्ठुरी है

[Chorus]
यो मन मेरो केके केके भन्छ
चरी झैँ उडुँ भन्छ, फूलझैँ झुमु भन्छ
बनपाखा पखेरीमा छमछमाई मित मनको खोजुँ भन्छ

[Outro]
मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net