Samjheyra lyrics

by

The Edge Band


[Verse 1]
सम्झेर ति दिनहरू फेरि
मुटुको आलो घाउ बल्झिन्छ
कल्पेर हर रातहरू फेरि
आँशुले सिरानी भिजाउछ
भन तिमी आफै नै मलाई
माया गर्नु तिमीलाई भुल भो कि
तिम्रो मायामा विश्वास गर्नु
कतै मेरो आफ्नो नै दोष हो कि
केही गरी अब त्यो झुठो माया बिर्सुला

[Pre-Chorus]
भोली कुनै दिन यो माया सम्झि
तिमी पनि एकलै तद्पिने छौ
सम्झना बोकी तिमी त्यही गोरेटोहरूमा
मलाई खोज्ने छौ

[Chorus]
संगैसंगै हाँसेको, सुख-दुःख साँटेको सम्झिने छौ
निर्दोषी यो मायालाई सम्झी रुनेछौ

[Verse 2]
सम्बन्ध के जोद्छौ तिमी
साथ के पो दिन्छौ तिमी
बगी जाने आँशुको व्यथा बुझ्न
वाचा के पो गर्छौ तिमी
आश के पो दिन्छौ तिमी
दुखेको मुटुको धड्कन सुनन
[Bridge]
झुटो त्यो तिम्रो माया
त्यति नै झुठो रहेछौ तिमी पनि
भुल भयो मैले बुझ्न तिमीलाई
तिम्रो त्यो मायालाई

[Chorus]
संगैसंगै हाँसेको, सुख-दुःख साँटेको सम्झिने छौ
निर्दोषी यो मायालाई सम्झी रुनेछौ

[Post-Chorus]
भोली कुनै दिन यो माया सम्झि
तिमी पनि एकलै तद्पिने छौ
सम्झना बोकी तिमी त्यही गोरेटोहरूमा
मलाई खोज्ने छौ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net