Mero Ansu lyrics

by

The Edge Band


[Verse 1]
मेरो आँसु, तिमीलाई हाँसो भएछ
मेरो व्यथा, तिमीलाई कथा बनेछ
बिवशतामा खुशी थिए, तिमी बिना छाती मेरो
कति पोखे तिमी सामु समर्पणको मुटु मेरो

[Chorus]
खुशीहरू फूल्नै छाडे, कल्पनामा धेरै हाँसे
मेरो मुटु घायल बनियो, आज प्रेमसंग हारे
आज प्रेमसंग हारे, आज प्रेमसंग हारे

[Verse 2]
माया दिइ माया लिए, ती अनगिन्ती रहरहरू
एक्लो लाग्यो आज आफ्नै शहरहरू
तिमी फूल्यौ खुशीसंग, म त ओइलि झरिसकेछु
तिमी रहेछौ बिनासित्ती मा, म त जिउदै मरिसकेछु

[Chorus]
खुशीहरू फूल्नै छाडे, कल्पनामा धेरै हाँसे
मेरो मुटु घायल बनियो, आज प्रेमसंग हारे
आज प्रेमसंग हारे, आज प्रेमसंग हारे

[Verse 3]
चाहेको थिए हाम्रा मिलन सफल रहोस्
तर तिमीले ती कसम भुलिदियौ
यहि मेरो सजाय भो तिमीबाट बिछोडिने
यहि मेरो सजाय भो तिमीबाट टाढा रहने
[Chorus]
खुशीहरू फूल्नै छाडे, कल्पनामा धेरै हाँसे
मेरो मुटु घायल बनियो, आज प्रेमसंग हारे
आज प्रेमसंग हारे

[Outro]
आज प्रेम संग हारे
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net