Sunna lyrics
by Oasis Thapa
नजर मिल्यो तिमीसंग फेरी
कम्जोर बन्यो मुटु जोगाउँदा नि
जोड्न थाल्यो च्याती फालेको
नमिठो यादले भरेको तस्बिर
खुसी लग्यौ तिमीले खोसेर
रोएको मन देख्न खोजेनौ
तैनी मन मेरो रमाईदियो
केवल मुस्कान तिम्रै देखेर
न्यानोपन महसुस गराउँछ होला
अँगालोमा बेरेर तिमीलाई उसले
चुम्दै होला ओठ तिम्रो जुन
मेरो लागी थियो भन्थ्यौ कुनै समय
थाहा छ तैनी चुहिन्छ माया मेरो
बन्द मुट्ठीबाट तिम्रो बाटो बग्दै
भनिदेउ आफै एउटा उपाए
कसरी सुन्न पारु मुटुको दुखाई
बल्झिन्छ नि कहिले आफै
सहनुपर्छ पिडा किन माया पाउनलाई
याद मेटाउँछौ भने मेरो
मुटु फिर्ता गरि मेटाईदिनु है
मेटाईदिनु है