Maya lyrics

by

Mantra Band


[Verse 1]
किन किन तिमी सोच्दा यो संसार रंगीन लाग्छ
किन किन तिमी देख्दा मन मेरो रमाउछ
बादल झैँ उडी तिमी मै म पुगे हुन्थ्यो
पवन भई तिमीलाई चुन पाए हुन्थ्यो

[Chorus]
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…

[Verse 2]
किन किन तिमी हास्दा यो संसार उज्यालो लाग्छ
जब तिमी मलाई हेर्छौ मन मेरो अतालिन्छ
कालो तिम्रो केशमा लुक्न म पाए हुन्थ्यो
तिम्रो हृदयमा फूल बनि म फूले हुन्थ्यो

[Chorus]
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…

[Bridge]
यो हावा, यो झरी, यो आकाश, यो धर्ति
अझै आकर्षित लाग्यो
यी मायाका पलहरु, खुशीका लहरका
अन्तै नहोस भयो
[Verse 3]
यो हावा, यो झरी, यो आकाश, यो धर्ति
अझै आकर्षित लाग्यो
यी मायाका पलहरु, खुशीका लहरका
अन्तै नहोस भयो

[Chorus]
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…

यो हृदय तिमीलाई दिने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net