Samaya lyrics

by

Mantra Band


पर्खेन समयले हामिलाई
बगी गयो कता खोला जस्तै
फर्केनन आउछु भन्ने हरु
उडी गए कता पंक्षी जस्तै
केही रोए, केही हासे
केही क्षणलाई हराए
मर्दैनन मायाहरु भनी
मैले मायाँ लाए
साचो मायाँ लाए
ती नयनहरु मैले रोजेका
ती बोलीहरू मनलाई छोएका
अंगाली सबै मैले मायाँ लाए

छाउदैछ त्यो बादल आकाशमा
पिर खस्ने होकी झरी बनी
बोलाउछु छोडी जाने सबैलाई
मान्दैन मेरो यो मन अझै पनी
केही पाए गुमाए, केही क्षणलाई रमाए
मर्दैनन कृतिहरु पनी
मैले गित गाए, संगीत रचे
मरिगए पनी नमर्न चाहे
हासेका ती पल, रोएका ती पल
अंगाली सबै मैले गितमा भने

केही रोए, केही हासे
केही क्षणलाई हराए
मर्दैनन मायाहरु भनी
मैले मायाँ लाए
साचो मायाँ लाए
ती नयनहरु मैले रोजेका
ती बोलीहरू मनलाई छोएका
अंगाली सबै मैले मायाँ लाए
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net