Kina Bhanenau lyrics
by Prajina
[Verse 1]
गर्जिने बादलसरि
टुक्रिने मुटु बनी
गयो हाम्रो समय
कल्पनाहरूभरि
तिम्रो मुहार कति
आउँछ तिमीलाई के भनूँ?
[Pre-Chorus]
मन भारी-भारी लाग्छ
तिम्रो आँखा अन्तै जुद्धाखेरि
के गरूँ-गरूँ लाग्छ
तिम्रो मन अन्तै डुल्दाखेरि
[Chorus]
किन कहिल्यै भनेनौ
किन कहिल्यै भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिल्यै भनेनौ?
किन कहिल्यै भनेनौ?
तिम्रो माया नि मरेछ
किन भनेनौ र?
[Verse 2]
बाँकी रहेन केही
खोजेँ संसारभरि
के थियो र हाम्रो सम्बन्ध? (सम्बन्ध)
ओठैमा नाम पनि
अल्झी बसेको छ नि
बोलाऊँ म तिमीलाई कसरी? (कसरी?)
[Pre-Chorus]
मन भारी-भारी लाग्छ
तिम्रो आँखा अन्तै जुद्धाखेरि
के गरूँ-गरूँ लाग्छ
तिम्रो मन अन्तै डुल्दाखेरि
[Chorus]
किन कहिल्यै भनेनौ?
किन कहिल्यै भनेनौ?
फेरिने मनको बारेमा
किन भनेनौ र?
किन कहिल्यै भनेनौ?
किन कहिल्यै भनेनौ?
तिम्रो माया नि मरेछ
किन भनेनौ र?
[Bridge]
रित्तिसकेको मुटु भो नदेऊ मलाई (किन कहिल्यै भनेनौ?)
(किन कहिल्यै भनेनौ?)
तारा झार्न नसक्ने दिन्छौ नक्षत्र उसलाई, उसलाई
किन कहिल्यै भनेनौ? (किन कहिल्यै भनेनौ?)
मलाई किन कहिल्यै भनेनौ? (मलाई किन कहिल्यै खोजेनौ?)
मलाई किन कहिल्यै भनेनौ? (किन मेरो बारे सोचेनौ?)
मलाई किन कहिल्यै भनेनौ?
मलाई किन कहिल्यै भनेनौ?
मलाई किन कहिल्यै भनेनौ? (Yeah, yeah)
[Chorus]
किन कहिल्यै भनेनौ? (मलाई)
किन कहिल्यै भनेनौ?
फेरिने मनको बारेमा
किन भनेनौ र?
किन कहिल्यै भनेनौ? (किन कहिल्यै भनेनौ मलाई)
किन कहिल्यै भनेनौ (किन कहिल्यै भनेनौ?)
तिम्रो माया नि मरेछ (Ooh)
किन भनेनौ र?
[Outro]
किन कहिल्यै भनेनौ?